हराएको विजय

तुम्बेहाङ लिम्बू

हे विजय !
जहिले तिमी आउँछौ
म तिम्रो स्वागत गर्नेछु
शरण पर्नेछु
बताउनेछु धेरै−धेरै कथा मेरो
तड्पनको ।
ती उर्लने खुशीका भेल र आँधीमा
हाम्रा अस्तित्व हाँसेका हुन्छन्
हाम्रा मानवत्व नाचेका हुन्छन् , हर्षले
अनि…
दीर्घ काल पछि
लाजले रातो−रातो गाला
प्यासी अधर
लिएर आउने अस्तित्वलाई
बलिष्ठ अंगालेर चुम्नेछु अनि चुम्नेछु
प्यारभरि !
देशको कुना−कुना सम्म
हिमालका चुचुराहरूमा
नयाँ सूर्य उदाउनेछ
नयाँ ऋतु छाउनेछ
झिलिमिलि जल्नेछ दीपक रातभरि
मानौं…
तिहारसरि !!
(सन् १९९० को वृहत जनान्दोलन ताका बन्दीगृहमा रचित एक टुक्रा कविता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *