हस्त – रेखा July 31, 2011 Nepali, Poetry कवि सुशिल पोखरेल अष्ट्रेलिया व्यस्त सडक बीच, दुर्घटनाग्रस्त मोटर बाइक, रक्ताम्मे युवक, एकोहोरा आँखा, घिसिएको जिऊ, पिल्सिएको छाला, मानिसको घुइँचो, “ए…..को रहेछ…..? कसैले भन्छ “आम्मै…..अमर पो !” उ निर्जीव भइसके छ, तर उसको हातको रेखा, लामो थियो …. लामो थियो …..! You might also like Tags: Sushil Pokhrel
Padam Parajuli August 3, 2011 at 02:35 Reply जीवन कहाँ अमर हो त, मृत्यु पो अमर हो त त्यसैले त मान्छे अमर हुनदेखि डराइरहेको हुन्छ।
जीवन कहाँ अमर हो त, मृत्यु पो अमर हो त त्यसैले त मान्छे अमर हुनदेखि डराइरहेको हुन्छ।