केही हाइकु
तिलारुपा आचार्य
ओहायो, अमेरिका
१ .
हाँसिरहेछ
एकनास ओठमा
विषको बोट ।
२ .
छैन मौसम
फुल्नलाई कोपिला
स्वार्थ बिचमा ।
३ .
सहानुभूति
नुन चुक सरीको
नदेउ अब ।
४ .
बाँच्नु छ मैले
हात मुखको भेट
रित्तो छ थाल ।
५ .
सामान्य भयो
उत्सव रगतको
हर्ष मृत्युको ।
६ .
असिना पर्यो
भविष्यमाथि मेरो
उस्को कारण ।
७ .
दिए मुस्कान
मायाको विश्वासमा
माग्यौ त मृत्यु ।