हार्दिक निमन्त्रणा

Albury, Australia

यही जुलाई महिनाको ११ तारिकका दिन भूट्निज एसोशिएशन इन अल्वेरी, अष्ट्रेलियाको आयोजनामा सम्पन्न हुन लागेको “भूगोलको नाशो” गजलसंग्रहको विमोचन कार्यक्रममा उपस्थित भइदिनु हुन सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु।

भौतिक रूपमा उपस्थित हुन नसक्ने आदरणीय पाठक तथा शुभचिन्तकहरुसमक्ष केही समय पछि कार्यक्रमका रेकर्ड गरिएका केही झलक हरू लिएर उपस्थित हुने छु।

लामो समयको तपस्यापछि प्रकाशित भएको मेरो यो पहिलो कृति जसरी भए पनि यहाँहरूको हातसम्म पुर्‍याउन प्रयत्न गर्ने छु।

यहाँहरूको उपस्थितिको अपेक्षासहित
दुर्गा रिमाल
लेखक
“भूगोलको नाशो” गजलसंग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *