हिउँको रोटी…..
शेखर कोइराला (चन्द्र)
पेन्सिल्भिनिया, अमेरिका
कहिले जानु भयो लौन हिउँको रोटी खानलाई।
कस्तो तावा किन्नु मैले हिउँको रोटी खानलाई।।
टेक्सास् गर्मी, एरिज़ोना, लासभेगास्मा उस्तै छ।
आईओवा पो जाऊँ कि क्या हो? हिउँको रोटी खानलाई।।
गाडी घोडा भारी कसेँ बसाई सर्न म त।
कि अलास्का जाऊँ हन? हिउँको रोटी खानलाई।।
धेरै पर्छ हिउँ न्युयोर्क तिर मिचीगनमा झन् सारो ।
वासिङ्टन पो कस्तो छ नि? हिउँको रोटी खानलाई।।
पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर उस्तै छ।
पेन्सिल्भिनिया बसेँ म त हिउँको रोटी खानलाई।।