हिन्दू धर्ममा सुद्धिकरण आवश्यक भएन र ?

धनन्जय सिवाकोटी
काठमाडौँ,  नेपाल

सबै धर्मले आ आफ्नो धर्म शास्त्रमा मानव कल्याण र आत्मा ज्ञानको लागि मार्ग देखाएको हुन्छ ! यसको मूल लक्ष्य भनेको मानव कल्याण हो न कि कुनै व्यक्ति वा सम्प्रदायको फाइदाको लागि ! शास्त्र र यसका निर्माण कर्ताको लक्ष्य यस्तो हुँदा हुँदै विडम्बना के छ भने सबै जसो धर्मका केही सोकल गुरु र अधिकांश पुरेत र पुजारीहरुले शास्त्रलाई आफ्नो स्वार्थका लागि प्रयोग गरेको पाइन्छ जस्तै वेदमा श्रम विभाजनका लागि बनाएको ब्राह्मण,क्षेत्री , वैश्य र शुद्रलाई सोकल पण्डित  र केही शक्तिशाली मानिसको मिलोमतोमा आफ्नो अनुकूल अर्थ लगाई आफ्नो जातबाहेक अरुलाई दास बनाउन पछि परेनन् ! अरुलाई पशुभन्दा तल राख्न समेत सफल भए ! कुकुर बिरालो घरभित्र पस्न सक्छ तर मानिस भएर पनि शुद्र घरभित्र पस्न सक्दैन ! अर्को कुरा शुद्रले तयार गरेका , उत्पादन गरेका ठूला जातिलाई मन पर्ने सबै वस्तु चल्छन् सबै ठाउँमा नभई नहुने पानी चल्दैन ! यस्ता व्यवहारले   धर्मलाई नै बदनाम  गराएको छ ! काम स्वार्थीले गर्छन्  बदनाम धर्म हुन्छ !

संसारमा प्रचलित सवै धर्म सम्प्रदायका केही टाठा बाठाले धर्मशास्त्रलाई आफ्नो अनुकूल व्याख्या नगरेका हैनन् ! यो एक प्रकारको रोग सबैमा थियो ! यसलाई  युरोपमा  औद्योगिक  क्रान्तिपछि  जरो समेत उखेलेर  फ्याकिदिए !  म यहाँ अरुको भन्दा हिन्दू धर्मको शास्त्रमा भएको अपव्याख्या देखाउन चाहन्छु ! शास्त्रले स्त्री र शुद्रलाई कर्मयोगी बनाउने लक्ष्य राखी उनीहरुलाई वेद पाठ नगरे पनि भक्ति भए भवसागर पार हुन सक्छ भनेकोमा वेद पढ्नु  हुँदैन भन्ने अर्थ लगाई  निरक्षर बनाए  ! वास्तवमा पाठ गर्नु र पढ्नु  फरक कुरा हो ! पढ्नु  सबैलाई आवश्यक थियो र ज्ञान सबैको हो तर अर्थको अनर्थ गरी राष्ट्रलाई नै निरक्षरतातिर लागे !
हाम्रो आस्थाको केन्द्र मन्दिरमा हेरौं ! पुजारी र  पण्डितले  सिमित व्यक्तिलाई मात्र प्रवेश दिन्छन् तर भेटी र प्रसाद सवै  लिन्छन् ! आफ्ना आराध्यलाई छुन पनि नहुने धर्म के काम यसरी  वितृष्णा फैलिएको   छ ! आफूलाई उच्च जात भन्नेहरुको दादागिरी समाप्त गरी शास्त्रको सही अर्थ लगाई धर्म  सुद्धिकरण गर्न बितिसकेको छ !

हिन्दु धर्म नभई  मानवको  दर्शन थियो र यसको  निर्देशनमा  समाज चलेको थियो ! पाखण्डीहरुको स्वार्थले विभिन्न  ठाउँमा नयाँ धर्मले प्रवेश  पायो र हिन्दु दर्शनलाई  नवप्रवेशी  धर्मले हिन्दु धर्म भनी नाम राखिदिए ! अनि यो धर्म भयो तर यसमा रहेको विकृतिले गर्दा धर्म नै बदनाम भयो ! वास्तवमा  हिन्दु दर्शन सबैले मान्ने निस्वार्थ  मार्गदर्शक थियो र छ पनि ! यसको प्रमाण उच्चस्तरको नाथ सम्प्रदाय र शंकराचार्य  मठमा अहिले पनि जाति प्रथा छैन !प्रारम्भको अवस्था मै  देख्न सकिन्छ ! गीता के हिन्दुको मात्र  हो र ? यसले बताएको बाटो सबैको लागि  उपयुक्त छैन र ? अनि  योग वाशिष्ठले देखाएको  मार्ग केवल हिन्दुको मात्र हो त ? यसले त सारा मानवको  कल्याण मात्र  सोचेको छ ! प्रबुद्ध वर्गले समाजमा यसको  स्पष्ट अर्थ लगाएर सुद्धिकरण  परम् आवश्यक  भएको छ ! विचार गरौँ एउटा ब्राह्मणको अनपढ छोरो  पढेलेखेको ज्ञानी शुद्रको छोरोभन्दा कसरी महान हुन् सक्छ ? तर समाज यस्तो हेर्ने गर्दैन ! शास्त्र भन्छ “जन्मना जायते शुद्र ” जन्मदा सबै शुद्र हुन्छन् कर्म अनुसार अरु हुने हो ! शास्त्रले बताएको कुराको आफ्नो अनुकुल अर्थ लगाएर  फाइदा  लिनेको  धज्जी उडाउने बेला भएन र ? सही अर्थ लगाएर  यस दर्शन को  बदनामीको  दाग  हटाउनु  हाम्रो परम् कर्तब्य  हो ! अस्तु जय गुरुदेव

One Reply to “हिन्दू धर्ममा सुद्धिकरण आवश्यक भएन र ?”

  1. sudarshan pokhrel

    धनन्जय सिवाकोटी दाई यो तपाई को लेख अतिनै मार्मिक र यथार्थ लाग्यो
    तेसैले यस्ता लेख हरु भविस्यमा आउने आशा राख्या छ
    यस्ता रचनाले धेरै सकारात्मक प्रभाब पर्न सक्छ
    धन्यबाद
    सुदर्शन पोख्रेल (डेनमार्क)

Leave a Reply

Your email address will not be published. Required fields are marked *