होस हराएकी भएँ म त !

कवि
कवि

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना, अमेरिका

बुज्नै मलाई गारो भयो
तिम्रो आँखाको परिभाषा ,
तिम्रै आँखाका छडके चोटले
पार्यो मलाई सधैँ सधैँ उदाश ।
वाल्ला परी हेरी बसे म
तिम्रो त्यो प्यासी नजरलाई ,
पानी पिएर गयौ तिमी
मलाई थोत्रो भाँडा पारी सधैँ ।
पूर्णीमाको रात भए पनि
कालो बादलले ढाक्यो किरणलाई
बाँच्न गारो पारी गयो
जिउँदो लास पारी मलाई ।
रुदै रुदै हिडेकी म
सहारा दिने कसले मलाई ,
फूलमा झुम्ने भमराहरु
म तिमीहरूलाई दिन्छु बधाई ।
बाटो बिर्सीएँ मैले
लक्ष्या कता हो कता ,
होस्यारी बस कोपिला हो
होस हराएकी भएँ म त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *