गीत: ५५

गीतकार

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

देख्छु सधैं नै झलझलि तिम्रो तस्विर
याद बनी आइदिन्छौ दिनरात पलपल

सम्हालिन खोज्छु सधैं क्षणक्षण मनभित्र
हाँसो खेल हुन्थ्यो हाम्रो साथ आँगालो
सम्झिएर छुन्छु यता कता क्यानभासमा
मिठो मुस्कान छरी उतै तान्छौ विगतमा

रमाएर साँझ पाख हुन्थ्यो हाम्रो विहान
कोइली चरी गुनगुनाउँदा खेल्थ्यौँ लुकामारी
उसै वादल सल्बलाउँदा हुन्थ्यो हाम्रो सिरान
किन तिमी यात म उता भयौँ दुई किनार

Leave a Reply

Your email address will not be published. Required fields are marked *