सम्झनाहरू

कवि
कवि
दैफामे जेठो
ओहाइयो,अमेरिका

सम्झानाको अखानेले
तितर बितर छरिएका
बिगतका त्यान्द्राहरु
सिला सङ्ग्लो गर्दै
हिड्यो जेठो बटुको बोकी
‘टकुमि’तिर डलर छाप्नलाई
दमकको बिल्डिङ्मा ईटा छापे जस्तै ।

आङ्ग्रा खोल्साको उकालो र
भोर्ला पोखरीको एकान्त ।
बेल्डाङी देखि सिन्सिन्नाटिसम्म
कतै पत्ता लागेन, खोजे अत्यन्तै ।

हिरो साइकल र टोयोटा क्याम्री भन्दा
नाङ्ग्लाको बिट तेज दगुरे जस्तो
जाम्पानीको डुबुल्की र कान्छा माजनको चर्को स्वर्
यी मेरा बिगतका मीठा सम्झानाहरु
धमिलिदै गए
मेरो जवानी र सृजनाशक्ती बिलाए जस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *