मजा
आशिष कोइराला
झापा, नेपाल
नभेटेको भए के थाहा छुट्नुको मजा
माया न लाए के थाहा मन टुट्नुको मजा
माया गरेर थाहा भयो मन फुट्नुको मजा
टाढा भएर थाहा भो हामी जुट्नुको मज
खुकुरी नै भएँ म त्यसैले त थाहा पाइन
अचानो भई घरी घरी काटिनुको मजा
हावा भयौ तिमी त्यसैले त थाहा पाइनौ
डोरी बनी हेर अनि गाँठिनुको मजा
सावरको टुक्कीमा कहाँ लुक्या हुन्छ र त्यो
असारको झरीमा साथ रुझ्नुको मजा
बुझेर नि बुझेनौ मेरो मनको कुरो तिम्ले
नबुझेकै भा हुन्थ्यो बुझ्नुको मजा
पैनीभित्र कहाँ हुन्छ त्यति रमाइलो
खोला तरी हेर अनि भङ्गालोको मजा
सिरानेको दु:ख त लेख्नै सकिन
पुरानो याद बिच खोज्दै अँगालोको मजा
बादल बनी उड्यौ तिमी कति रमाइलो
मैँले त बिर्सी सकेँ हाँस्नुको मजा
धरै टाढा गयौ तिमी मलाई एक्लै छाडी
हाल: साउदी अरेबिया