गीत
टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया
मैले जुन दिएथेँ…आकाशसँग पैँचो मागेर
आज त्यही आकाशको ऋण तिर्दैछु प्रिये
मैले खुन दिएथेँ मुटुसँग पैँचो मागेर
आज त्यही मुटुको ऋण तिर्दैछु प्रिये।
ऋण बोकाएर गयौ प्रिये एक्लो सुनसान रातमा छोडेर
मृत्यु तोकाएर गयौ प्रिये एक्लो सुनसान घाटमा छोडेर
सुनसान रातमा घाटमा पल्टिँदै बाँच्याछु
तिम्रै यादको नशामा अल्झिँदै बाँच्याछु।
मैले जुन दिएथेँ…..
धुन माग्यौ धुन दिएथेँ सारंगीको तार काटेर
आज उही सारंगीको ऋण तिर्दैछु प्रिये
सुन माग्यौ सुन दिएथेँ धर्तीसंग सापट माँगेर
आज उही धर्तीको ऋण तिर्दैछु प्रिये।
मैले जुन दिएथेँ ……..