गजल- ३८१

गजलकार
गजलकार

भावना गिरी 
क्यानाडा 

कलिलो घाम झैँ उदाउनु छ
शीतल जुन झैँ छाउनु छ।

दुनियाँ जत्ति नै कडुवा भए पनि
गुलियो र रसिलो भइ रसाउनु छ।

तित्तो होस् या टर्रो यो जिन्दगानी
बस सत्यतामा रमाउनु छ।

संसार कोल्टे फेरे पनि फेरिराखोस्
म त सत्य बोलको गीत गाउनु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *