गजल-४३७

रिमेन आलोक
अल्बरी, अस्ट्रेलिया

आँखा नझिम्काऊ हतारमा कुरा बिग्रिन सक्छ।
कति कुरा नबुजेर प्यारमा कुरा बिग्रिन सक्छ।।

देश सम्झ,परिवार सम्झ,अनि ती बुढा बा सम्झ।
नबिताऊ रात सय-हजारमा कुरा बिग्रन सक्छ।।

मुखमा रामराम भन्दै बगलीमा छुरा बोक्ने।
सङ्खा छ त्यो मुहारमा कुरा बिग्रिन सक्छ।।

जहाँ भेट्थ्यौँ हामी दुई जार हुनुभन्दा पहिले।
नभेटौं भो त्यही किनारमा कुरा बिग्रिन सक्छ।।

रक्सीकै कारण भट्टी आउन निषेध गरिएको छ।
नसमाऊ बोतल बेकारमा कुरा बिग्रिन सक्छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *