गजल-४४१
झगेन धिमाल
मेलवर्न, अस्ट्रेलिया
ती भट्टीहरूमा रक्सी र सुकुटी खाएको दिन सम्झ
कानमा कुन्डल अनि भित्ती पेन्ट लाएको दिन सम्झ ।
कति चाडै बिर्सिसक्यौ भातीजाँड र कोदाको तोङ्बा
गाँजा तान्दै त्यो चौतारीमा गीत गाएको दिन सम्झ ।
चिप्लो रोडमा मस्त हिँड्छौ चिप्लै कार गुडाएर
तर सम्झ धुलैधुलो बाटो धाएको दिन सम्झ ।
विदेशी बियर अनि रक्सीमा चुर्लुम्म डुबेको बेला
त्यो छाप्रोमा आधा जीवन दुःख पाएको दिन सम्झ ।