मेरो एक जना साथी

नैनसिंह सारू मगर
न्यू योर्क, अमेरिका 

कस्तो भन्नु ?
उहाँले पढेका पनि छन्,
नेपालीलाई अङ्ग्रेजीमा, अङ्ग्रेजीलाई नेपालीमा
जोङ्खालाई हिन्दीमा, हिन्दीलाई जोङ्खामा
संस्कृतलाई सबैमा
लेख्न, उल्था गर्न सक्ने उहाँ
मेरो घरमा पटक्कै आउनुहुन्न ।
म,
उहाँका घरमा अनगन्ति गएको छु
छोराकै विवाहमा, छोरीकै जन्मदिनमा
उहाँकै जन्मदिनमा आदि-आदि
कस्तो भन्नु ?
मेरो एक जना साथी
जसलाई,
मैले कति चोटि बोलाए
त्यस्तै विवाहमा, जन्मदिनमा, अरू अरूमा
आइहाले पनि मेरै घरको छेउमै कार बिसाएर
परैबाट पुलुक्क हेर्नुहुन्छ
त्यहीबाट फर्किनुहुन्छ
मैले नहेरेको बेला पछाडिबाट ।
बाटोघाटोमा जम्काभेट हुँदा
बडो गफ गर्नुहुन्छ सबै मन खोलेर
आकाशका चराहरू पनि खसाउला झैँ गर्नुहुन्छ
जे जति छन् दिने बाँड्ने गर्नुहुन्छ
अचम्म ! मेरो घरमा भने पटक्कै आउनुहुन्न ।
एक दिन मलमा भेट भयौँ
म र उनै साथी
भर्खर निस्केका रहेछन् चाईनिस ज्याकेट
साथीले किन्नुभयो दुई वटा
मलाई दिनुभयो एउटा
मैले जिद्दी गरेँ पर्दैन भनेर
तर मलाई कसैको मन दुखाउने बानी छैन सानैदेखि
मैले पनि सोचेँ एक दिन म पनि दिनेछु केही त साथीलाई
मनमनै भनेपछि
पुनः केही नास्ता गरेर घर फर्कियौं ।
कोठामा पुगेर ज्याकेट फुकालेको त….
एउटा कागजको पन्ना खस्यो
यसो खोलेर हेरेको त…..
यस्तो रहेछ,

“साथी…….. !
म हजुरको घरमा नआउनुका कारणहरू
निम्न प्रकारका छन्……………!”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *