जिन्दगी

युवराज गुरूङ
सिक्किम, भारत

कहिले यो भएन
दिक्क लाग्छ जिन्दगी
कहिले त्यो मिलेन
दिक्क लाग्छ जिन्दगी
श्रीमतीको यस्ता डाइलग सुनेर
आफूलाई नै
दिक्क लाग्छ जिन्दगी ।

चिटिक्क नमिले पनि
टिलिक्क नटल्के पनि
खिसिक्क भए पनि
जतिसुकै दिक्क लागे पनि
कहिल्यै वाक्क लागेन जिन्दगी
हिरिक्क हुञ्जेल
बाँच्न मन लाग्छ जिन्दगी
ठिक्क कहिल्यै नलागी
दिक्क लागि लागि नै
सकिने हो त यो जिन्दगी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *