गजल-१२०

संयुक्त गजल
सरस्वति न्यौपाने
रामकृष्ण पौडेल अनयास

भोकाहरुका लागि गास खोज्दैछु आमा
घरवार विहीनलाई आवास खोज्दैछु आमा ।

धनीलाई सुनको महल गरिवीको बासै छैन
पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु आमा ।

आफ्नै दिदीबैनिमाथि जवरजस्ति गर्नेलाई
दुर्गा बनी मेटाउने, साहस खोज्दैछु आमा ।

निर्दोष यहाँ हार्नुपर्छ लुट्छन् हाम्रौ अधिकार
त्यसैले त सिङ्गो अब आकाश खोज्दैछु आमा ।

देउता संझी खुट्टा पुज्ने सोझा अबोध नारीलाई
आफ्नो अधिकार माग्ने निकाश खोज्दैछु आमा ।

चितवन

Don't have a Facebook account? Please, use the form below with other options!