अँध्यारो मार्ग
अँध्यारो मार्ग

खेम रिजाल
सिन्सिन्याटी, ओहायो
कुटिल मार्गका
प्रशोधित छविहरू
नम्रता कुँदिएका
चमकदार स्मारक भनाउँदाहरू
मानिसहरूलाई खरिद गर्न चाहन्छन्।
तिमी खरिद गर्छौ कि बेचिन्छौ ?
स्वयम् पर्वतारोहीहरू
पहाड चढाइएका उपकरणहरू
शहरको पुरानो खण्डमा अवस्थित
मनमोहक भण्डारबाट बेच्न चाहन्छन्।
अस्तित्व र नाम–निशान मेटाउन खोज्छन्,
तिमी कहाँ छौ ?
शताब्दीका पर्खालहरू
निमेषभरमै तोडेर
ज्ञानका पर्खाललाई परास्त गर्दै
दुःखी कथाको छाती खोल्दैछन्।
तिमीलाई आफू थुनिएको
हेक्का छ कि छैन ?
निर्वासित तस्बिरहरू
युवाहरूको पक्षमा
जुर्मुराउनु पर्ने
तर अतिथि शहरबाटै
अज्ञात सुटकेसहरूलाई
घेराबन्दी लगाउँछन्।
तिमी मान्छे भई हिँड्छौ कि सुटकेस ?
