अबको साहित्य यस्तो हुनु पर्छ
निमेश भुटानी सिड्नी अस्ट्रलिया अबको साहित्य यस्तो हुनु पर्छ त्यो साहित्यले चट्टानलाई फोर्नु पर्छ रुढीवादी तोड्नु पर्छ समाजका कुरीति र बिसंगतिको पर्दाफास गर्दै अघि बड्ने महान योद्धाहरुको सपना साकार पार्नु पर्छ। र त्यो साहित्य अब, नाङ्गाहरुको आङको पोषाक भोकाएकाहरुको खाना र पीडित बिपन्न बर्गकाको आशाको स्रोत बन्नु पर्छ। अब बिहानीको सूर्य सँगै, त्यो साहित्य मानव मस्तिष्क उदाउनु पर्छ, कोठामा पुझिने मुर्तिको श्लोक बनेर होइन त्यो साहित्यले पौरखीको गुण गाउनु पर्छ अल्छेहरुलाई ब्युँझाउनु पर्छ काँतरलाई चम्काउनु पर्छ र अशिक्षित-अनपढ हरुको बोधगम्य भाषा भएर उदाउनु पर्छ। त्यो साहित्य अब, मानव शोषण विरुद्धको केन्द्रशक्ति भएर जाग्नु पर्छ अपाङ्गाहरुको अङ्ग र मृत्युश़य्यामा छटपटाइ रहेकाहरुको प्राण बन्नु पर्छ अनि त्यो साहित्यले, मागेर होइन दिएर खान सिकाउनु पर्छ बाँचेर ब्यर्थ मरेकाहरुलाई मरेर बाँच्न सिकाउनु पर्छ।
