पुनर्वास पछि

लक्की राशि
केन्टुकी, अमेरिका
राम त उही हो श्याम श्याम जस्तो लागेन
बगर वस्ति उही क्याम्प क्याम्प जस्तो लागेन
 एक्लो भएछ ती पानी धारहरू ,सोधिरहेको थियो मलाई,
फेरि यो शिविर क्याम्प फर्केर कहिले आउँछौँ भनेर
म चुपचाप निःशब्द सुनी रहे…
ती खेतका धान गहुँहरू पहिला त हल्लिँदै मुस्कुराइ रहेका हुन्थ्यो
तर यस पाली चुपचाप शून्य  शून्य  छ सुमसुम्याएन मेरो मुहार,
इसारा गरेन पटक्कै सायद बिरानो लाग्यो होला यतिका वर्षौँ पछि
 म सँगै हुर्किएका बिरुवा रूखहरू ठूल ठुला भएछन् केही सुकेर बुढा भएछन्,
सँगै लडीबढी खेलेका चाकाचुलीहरू भाँचिएर छरपस्ट पुराना कमजोर भएछ
आफ्नै गाउँ आफ्नै ठाउँ आज मेरो लागी परदेश भएछ
एकादेशको कथा जस्तै…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *