खेती

भानु ढुङ्गाना 
क्यानाडा
उत्तरको हिमाल
  दक्षिणको ताल
   पूर्व हेर्छ पश्चिम
     लहर धुपी साल ।
भित्र सुन्दर पहाड
 उर्वर दिन्छ बियाड
 सुन्दर शान्त शीतल
    फूल फल कोमल ।
यही भित्र रमाई
 यही बसी कमाई
  किसानको रहर
  बिहान सँग नयाँ प्रहर।
खेत बारीमा रमाई
  गाई बाछा चराई
   हुन्छ मीठो कमाई
     हलो कुटो समाई
मनभरी प्रकृति
 छैन भित्र विकृति
  भन्छ हाम्रो पहाड
   ऊर्जाशील बियाड ।
सम्पदाले भरेको
आँचल झर्ना झरेको
  कौसल छन् किसान
    श्रमजीवी निसान ।
हिमालको हेराई
  तराईको फिँजाई
    छैन कतै दुस्मन
    किसानको जीवन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *