आँखासँग आँखा जुध्यो

-इन्द्रप्रकाश खवास

देशको राजा भएपछि

जनता सबै बराबरी,

कसैलाई काखा कसैलाई पाखा

गरी थुक्नु किन पर्यो ?

हिजो आज बेदनाले

छटपट्टी पीरै पीरले

मरिच जस्तो चाउरि परी

सुक्नु किन पर्यो ?

आँखासँग आँखा जुध्यो

भुक्नु किन पर्यो ?

सधैभरी भुकिरहन्छौ

झुक्नु किन पर्यो ?

न्याय दिन सकेनौ ल !

दुःख लाग्दो कुरा हो यो,

मानिससँग मानिस भेट्दा

लुक्नु किन पर्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *