अतितको हत्या

सूर्यास्तपछिको एक साँझ,
जब एडिलेड दैनिक झैं
बाह्र महिना पछिको,
हरेक हिन्दुवालाम्बीहरुको
रमाइलो दीपावालीमाझैं
विद्युतीय दिपमा झलमल्ल थियो,
मैँले मेरा भग्नावाशेष  अतितका
दर्दनाक पोकाहरु खोलेर,
आसाको बिस्कुन फिंजाए |

पुछारघरे अजिनी(Aussie) जेठीलाई,
पल्लाघरे अमेरिकन बाजेलाई,
सिरानघरे अंग्रेज आमैलाई,
अनि वल्ला घरे नेपाली काकालाई,
सबैलाई मेरो बिस्कुन देखाएर,
मेरा अतितका भग्नावाशेष टुक्राहरू
क्विक-फिक्सले जोड्नलाई,
पटक पटक गुहार मांग्दा
कसैले टेर पुच्छर लाएनन् |

2 Replies to “अतितको हत्या”

  1. विकाश

    यति धेरै परिष्कृत रचना? सृजनाको गहिराइ भित्र यसरी नै प्रवेश गर्दै जानुभयो भने सर को कलमले भूटानी साहित्यमा तहल्का मच्चाउन समय लाग्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *