भन प्रिये म तिमीलाई के लेखुं ?

इश्वर काफ्ले क्युबेक, क्यानाडा चिरांगका माटाका भित्ताहरु , सरभांगका टिनका छानाहरु, एक पछि अर्को भत्किएछन् , भन प्रिये म तिमीलाई के लेखुं ? कफन बनाउन साडी च्यातिदै थिए, चिता बनाउन सल्ला काटिदै थिए , जमिन भित्र कोहि लाश गाडिदैथिए, भन प्रिये म तिमीलाई के लेखुं ?? प्रचुर बिचारमा अन्धा भएका मानिसहरु, कान सुन्नेलाइ बहिरो ठम्याउदै थिए , रित्तो हात बने बेमोल जमिन बेचिंदै थिए , दुइन लागेका गाई र झार्न लागेका कुन्यिउ छाडिदै थिए | सबै आफन्तहरु चितामा निधाई सके , चिट्ठी लेख्ने

. . . . .

रगत सुकी सके, कागजका अभावमा छाला जली सके , भन प्रिये तिमीलाई कसरि लेखुं??? भोलि सुर्योदयामा तिम्रो “डेट” आउला, आफ्नोपन

छाडी तिम़ी पाश्चात्य हौला, सायद तिम्रो छाप्रो नै लडिसकेको होला , त्यस पछि भन प्रिये म कसलाई लेखुं????

Leave a Reply

Your email address will not be published. Required fields are marked *