साँढे

राधा काफ्ले
टोरन्टो क्यानडा

पारि गाउँको साँढे गोरु
सारै हान्ने भएको छ

छिमेकमा हल्ला गरी
भयङ्करले डुक्रिँदै छ

आफ्नै गोठका सन्तानहरू
टिप्दै फ्याँकी रहेको छ

ठुलासँग लडाई गर्दा
सानाको सिङ भाँचिँदै छ

तल माथि वारि पारि
सबै तिर गर्जिँदै छ

चाँइदैन रे ऐँचो पैँचो
हाँक बढी लगाँउदैछ

साँध सिमाना बार बारि
सुरक्षित बनाँउदैछ

तल्लो गाउँ माथ्लो गाउँ
किनबेच बन्द लगाँदैछ

सिकारीको सिकार हुने
त्राहि-त्राहि भएको छ

दुई गाउँको सम्बन्धमा
खटपट झनै बडेकोछ

सम्झाउने प्रयासमा
कयौँ भेला जुटेको छ

आवाजहरू नसुनेर
संसार पिरमा डुबेको छ

One Reply to “साँढे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *