दसैँ तिहार

के.सी. सान्दाइ
साउथ अष्ट्रलिया
एडिलेड

आयो चाड दसैँ तिहार रसिलो आशीष बोकी कन
हर्षोल्लास मिठो सबैतिर छरी खुसी गराई मन ।
बाला वृद्ध सबै अनेक खुसीले नाच्छन् रमाई अति
सिँगार्छन् घर रङ्ग पोती जननी खुसी कतीहो कति।।१

शूरूभो जब सोह्र श्राद्ध घरमा डाकेर ब्राम्हण् हरू
दिन्छन् तर्पण पिण्ड दान विधिले  सम्झेर पितृहरू।
निम्तारु घरमा रमाइ कन फेर् भोजन गरेका क्षण
आनन्दै सित रम्दछन् घर मुली हेर्दै ती सज्जन गण॥ 2

दुर्गा पूजनको छ भाव रसिलो  बेजोड संस्कार यो
हर्षित्छन् सब  बन्धु बान्धवहरू  संस्कारले ती अहो
मान्यजन सित सामु आइ विधिले आषीश थापी कन
सारा कल्मस ती हटाइ निजका शान्ति गराई मन॥३

आपसमा सबले हटाइ धमिलो सफ्फा गराई मन
हिन्दु संस्कृतिको धरोहर यही राखौँ बचाई कन ।
बीधाभो दसरा  लगाइ  जमरा  खुसी  गराई  वरी
अर्को चाड तिहारको झिलिमिली आयो मिठो धुन् छरी ॥४

हाम्रा चाडहरू विशुद्ध तहका संस्कारका चिन्न हुन्
भिन्नै पद्धति कर्मकाण्ड अथवा आस्थाहरू भिन्न छन्।
यहाँ जाति र धर्म संस्कृतिहरू आस्था कतीछन् कति
यी  मध्ये  छ  बडा  तिहार रसिलो नेपालीको उन्नति ॥५

सुरुका  दिनमा  सबै  घरमहाँ  कौवाहरू पूजन
दोस्रो कुक्कुर त्यो पुजेर सबले आँनन्द पारी मन।
तेस्रोमा  विधिले  पुजेर  घरमा  गाई  र गोरु अनि
चारौँमा दीप मालिका हुँनगयो लक्ष्मी पूजा हो भनी ॥६

पाँचौँ दिन जब हुन्छ अन्तिम जहाँ पुजेर भाइहरू ।
माहाँ चाड विषे यहीँ छ रित यो धेरै बयान के गरूँ ॥
नाना रङ्ग विरङ्गका फुलहरू माला अवीर्ले जहाँ
पूजाको सर्जाम तर्जुमा गरी नाच्छन् रमाई त्यहाँ॥७

खेल्छन् घर्घरमा रमाइ खुसीले द्यौसी र भैली अनि ।
दिन्छन् आशिष् खुब मिलाइ बहना बैदिक् विधिले पनि ॥
हाम्रा संस्कृति भित्रका सुरिला ठुला यिनै चाड हुन् ।
ई देखी अतिरिक्त चाड मसिना अझै कति छन् कति॥८

बिन्ती गर्छु सधैँ म नम्र मनले माता पिता सज्जन ।
आस्था बाँची रहोस् यी चाडहरूमा सम्पूर्णका मन्महा॥
नेपाली पन चाडको अलिअलि चिन्तन सधैँ गर्दछु ।
दुर्गा, लक्ष्मी सरस्वती  भनी  सधैँ  पाऊ महा  पर्दछु ॥९

गल्ती भोकी कतै सुधारी लिनुहोस् ज्ञान छैन यो भाइको ।
हर्दम् पाउ परी झुकाइ शिर यो बिन्ती छ “सादाइ” को ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *