दिन रात एउटै
डम्मर समदर्शी काफ्ले
ओहायो, अमेरिका
दिनरात एउटै देख्दै छु
मान्छे सबै कालै देख्छु
सहर सबै गाउँ देख्छु
मान्छे सबै व्यस्त देख्छु
कुकुर बिरालोको सम्मान देख्छु
सवारी साधनको घुइँचो देख्छु
मानव अधिकार भएको देख्छु
खुलेआम केटाकेटी किस खाको देख्छु
स्वधर्म छाडी बसाइँ सरेको देख्छु
आफ्नै संस्कार संस्कृति डलरसँग साटेको देख्छु
मान्छेको आयकरबाट देश चलेको देख्छु
त्यही आयकरबाट देश प्रगति तर्फ बढेको देख्छु
यहाँ होम-केयरको बिग बित्ती देख्छु
सेवाका नाममा अभिभावकहरू मारमा परेको देख्छु
यहाँ आफन्तबिच बा-आमाका सम्पत्तिमा लुछा-चुँडी भएको देख्छु
वृद्ध भत्ताले छोरा छोरी बिच पानी बाराबारको अवस्था देख्छु
समयको सुबै ख्याल भएको देख्छु
त्यसैले होला हजुर यो देशको विकास भएको देख्छु