प्रिय भाइ बहिनीहरू
भानु ढुङ्गाना
क्यानाडा
प्रिय भाइ बहिनीहरू,
कोपिलाको सम्झना
फुल्न समय आउँदै छ
सिङ्गो राष्ट्रिय मालाको कल्पना छ यो।
प्रिय भाइ भतिजाहरू !
घर-देश र पर-देशका सेतु बनेकाहरू
ज्ञानको मुहानबाट विज्ञान पढ्दै गरेकाहरू
स्वाभिमान र राष्ट्रिय पहिचान बोकेकाहरू।
प्रिय भाइ भतिजा तरुण -तन्नेरीहरू
भाषा शिक्षा र साहित्यका उर्वर-हरू
आशा भरोसा र चासोका बाहक-हरू
यो यात्रा तिमीहरूको अनवरत सपनाहरू ।
तर,यो उमेरको कारणले हो ,
या,तिमीहरूको व्यवहारको कारणले हो
मलाई किन-किन एक दशकदेखि यता
किन,दिन-प्रतिदिन खल्लो लागिरहेको छ !
प्रिय भाइ लोक- भतिजा बहिनीहरू
कथा, कविता, संस्मरण,निबन्धकारहरू
लेखक, कवि, अन्वेषक, विश्लेषक, समालोचकहरू
हामी हाम्रो पहिचान परिचित बनाउने कलमहरू।