प्रिये

पातलो अन्तरे
अमेरिका

 

प्रिये मलाई तिम्रो हुन देऊ
म तिम्रो भएर तिमीमै हराउन चाहन्छु
ता की
मेरो पनि बगैँचामा सुन्दरताको खडेरी नलागोस्
सुन्दर! तिमीजस्तै मनको सुन्दर

 

जुनेली रात पनि मलाई तिमीजस्तै लाग्छ
गोधुली साँझ पनि तिमीजस्तै लाग्छ
तिमी छैनौ मलाई त्यस्तो लाग्दैन
तिमी छौ.. मलाई त्यस्तो लाग्दैन
तिमीलाई त म हरक्षण अनुभव गरी रहेकै हुन्छु

 

तिमी बोल्दा पनि मलाई प्रिय लाग्छ
तिमी नबोल्दा झनै प्रिय लाग्छ
तिम्रा म म जस्तै गाला
तिम्रा जुलपी दस्तै ओठ
तिम्रा समोसा जस्तै अधर
तिम्रो नुडल जस्तै केस राशि
मलाई जहिल्यै प्रिय लाग्छन्

 

तिमी फूल जस्ती
तिमी जुन जस्ती
तिमी सागरजस्तै कन्चन
तिमी आकाशजस्तै उदार
यी र यस्तै फाल्तु बखान गरेर
समय किन बर्बाद गर्नु प्रिये
तिमी त मेरो जिन्दगी हौ नि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *