देश बेगर धिक्कार रहेछ
किन लाग्छ खल्लो आज
यति चर्को नुन पनि,
देश बेगर धिक्कार रहेछ
हिरा मोती सुन पनि ।
किन लाग्छ अन्धकार
पूर्णिमाको जुन पनि ,
किन लाग्छ शून्य आज
गितारको यो धुन पनि ।
देशभक्त लेखक गायक सङ्गीतकार
हराइएर पो हो की ,
नमिलेको गितारको तारमा
कराइएर पो हो कि ।

