नखोजे हुन्छ मलाई
के सी सान्दाइ
साउथ अस्ट्रेलिया
नखोजे हुन्छ मलाई
वसन्तको हरियालीमा!
मता उजाड मरुभूमिमा
पलायन भइसकेको छु!!
नबोलाऊ है मलाई
जन्मभूमिको सङ्घारमा!
मता माहाँसागर पारी
पराया बनी सकेको छु !!
नसम्झिए हुन्छ मलाई
यदा कदा खुसीयालीमा!
मता आँसुको माहाँ सागरमा
सदैव डुबी सकेको छु !!
नडाके हुन्छ मलाई
पूर्णिमाको चाँदनीमा!
मता ५० डिग्रीको तापमा
हर पल जलिरहेको छु !!
नदेखे नि हुन्छ मलाई
यो मरुभूमिको बिचमा!
बालुवाको भुमरी भित्र
नितान्त छलिएको छु !!
देख्ने छैनौ मलाई
प्रातःकालीन सुद्ध पवनमा!
मता आँधी तुफान भित्र
अविरल डुलि रहेको छु !!
नहेरे हुन्छ मलाई
वर पिप्पलको छहारीमा!
मता बिना छहारीको मरुभूमिमा
निः सन्देह डुली रहेको छु !!
नलेख है पत्र मलाई
मेरो पुरानो ठेगानामा !
मता तिमीलाई भुली
अर्कैको पो भई सकेको छु !!