वज्रे झन्डा
कुबेर शर्मा कुईकेल ‘भुवानेटारे’
अमेरिका
चट्याङको ध्वजा हाम्रो प्रतीक धर्म शक्तिको
सुन्तलाको मिठो रङ्गी केसरी रङ्ग युक्तिको
सेतो वज्र छ त्यो चोखो शुद्धताको प्रतीक हो
अङ्गवश्र पहेँलो त्यो देशको आन सान हो
झन्डा फरफरायो त्यो गाङ्खर पुन्सुमी शिर
उच्च हामी भुटानीको टोपी राम्रो चुली तिर
हिमालको चिसो हावा वज्रे झन्डा उडान भो
आमा हामी भुटानीकी भूमि हाम्रो भुटान हो
वन्दनीय ध्वजा हाम्रो नन्दनीय स्वदेशको
हो अलकापुरी हाम्रो सुन्दर भूमि विश्वको
तिनै आमा भुटानीकी चाँदनी चन्द्रमा परि
स्वर्गलोक धरा हाम्रो मेदनीमा छ है परी
बुद्धको भूमिको झन्डा प्रकीत देश प्रेमको
बूक्के राङ्चे कृपा दाता धर्म धाम कृतार्थको
तुर्शा मानस शिङ्खाको हिमाली नीर बोक्दछन्
भूमि सिचाइ पानीले खेतमा पसिना रोप्दछन्
साम्ड्रुप्जोङ्खर साम्चीको गासा गेलेफु भित्र त्यो
ईन्द्रेणी पुर्व पश्चिमी एकता देश सूत्र त्यो
बहु जाति प्रजा भाषा धर्म कर्म प्रजाति छन्
सलामी देशको झन्डा स्वदेश भक्त गर्दछन्
अनुष्टुप छन्द