अलि अलि  पिउँदै छु

एस.बि खवत “सुरेश”
ओहायो, अमेरिका
अलि अलि गर्दै पिउँदै छु
        अज्ज धेरै छ पिउन बाँकी ।
              च्यातिएको मुटु सिउँदै छु
                अझ धेरै छ सिउन बाँकी ।
तिमीले छोडेर गए देखि
   सुकेका छैन्न आँखामा आँसु ।
         तिमी अर्कैको भए देखि
             आएको छैन जीवनमा हाँसो।
रक्सी मात्र हैन प्रिये
    विष पनि खाई दिन्छु अब ।
        कसैको माया छैन प्रिये
            मृत्युको पासोलाई दिन्छु अब ।
कस्का लागि बाँच्नु छ र
    दिलको धट्कन नै गए पछि।
        कस्का लागि साँच्नु छ र
            जिन्दगी नै एक्लो भए पछि ।
पत्र लेखि पठाएको छ
      आउँदै होला कतै बाटामा ।
          चार शब्द मात्र अटाएको छ
             आउँछु भेट्न अर्को जुनीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *