नशा

उमा गौतम
अमेरिका
नशा नशा हो हो नशा नशा
आदि रातमा नसा, तिम्रो बातमा नसा
तिमी मादल घन्काऊ, पिरतीका भाका भन्काऊ
म पाउजु छम्काउँला, चुरा छन्काउँला
तिम्रो पिरतीका भाकामा छमछम छमछम छमछम नाचौँला
दिनभर मेरै वरिपरि छौ क्यारो
तिमी मेरो नीन्दरीमा झन् प्यारो
 बर्सातमा नशा, तिम्रो चाहामा नशा
तिमी गिटार बजाऊ, मादलुको गीत सजाऊ
म केश फिँजाउँला, घुम्टो उठाउँला
तिम्रो पिरतीका भाकामा छमछम छमछम छमछम नाचौाँला
नशा तिम्रो सुस्तरी बातमा
राखेऊ सारा खुसी मेरो हातमा
तिम्रो चाहानामा नशा, हरेक बहानामा नशा
मेरो हात समाऊ, गीतका शब्द बुजाऊ
म मस्की लजाउँला, माया गर्छु बताउँला
तिम्रो पिरतीका भाकामा छमछम छमछम छमछम नाचौँला
नशा नशा हो हो नशा नशा
आदि रातमा नशा, तिम्रो बातमा नशा
तिमी मादल घन्काऊ, पिरतीका भाका घन्काऊ
म पाउजु छम्काउँला, चुरा छन्काउँला
तिम्रो पिरतीका भाकामा छमछम छमछम छमछम नाचौँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *