प्रेस विज्ञप्ति (पहिलो)
साहित्य परिषद्, भूटान
मिति: २०२५ अक्टोबर २९
मुना स्मृति कथा पुरस्कार–२०२५ स्रष्टा कृष्ण सुब्बालाई
आदरणीय सञ्चारकर्मीज्युहरू,
आख्यान विधाका उत्कृष्ट कृतिलाई सम्मानित गर्ने उद्देश्यले घिमिरे परिवारका तर्फबाट निवर्तमान साहित्य परिषद्का सभापति श्री भक्त घिमिरेद्वारा सन् २०१८ मा स्थापना गरिएको “मुना स्मृति कथा पुरस्कार” यस वर्ष नेब्रास्का निवासी स्रष्टा श्री कृष्ण सुब्बाको कथा–सङ्ग्रह “सञ्चमान ज्यो ज्यो” लाई प्रदान गरिने निर्णय भएको छ।
साहित्य परिषद्, भूटानले स्रष्टा सुब्बालाई यस प्रतिष्ठित पुरस्कारका अवसरमा हार्दिक बधाई तथा उज्ज्वल साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गर्दछ।
प्रत्येक तीन वर्षमा प्रकाशित वा लेखिएका कथासङ्ग्रहहरू मध्येबाट उत्कृष्ट कृति छनोट गरी प्रदान गरिने यो पुरस्कारका लागि यस पटक श्री सुब्बाको “सञ्चमान ज्यो ज्यो” चयन गरिएको हो।

परिषद् र पुरस्कार प्रायोजकबिचको सहमति तथा कार्यविधि अनुसार, परिषद्ले छ महिनाअघि भूटानी स्रष्टाद्वारा सन् २०२४ सम्म प्रकाशित भएका कथासङ्ग्रहहरू सङ्कलन गरी मूल्याङ्कनका लागि त्रिसदस्यीय तटस्थ विज्ञ समिति गठन गरेको थियो। समितिले प्राप्त कृतिहरूको विस्तृत मूल्याङ्कन गरी श्री सुब्बाको कृति पुरस्कारका लागि योग्य रहेको निष्कर्ष निकालेको हो।
मूल्याङ्कनमा समावेश कृतिहरू:
१.माटो खन्नु, देश नखन्नु — नैनसिंह सारू मगर
२.नाति — नारद तिम्सिना
३.परिवर्तनका मोडहरू — डिल्लीराम आचार्य
४.ऐनामा देश — चूडामणि निरौला
५.लेखककी छोरी — जे.एन. दाहाल
६. रजुवा — तुम्बेहाङ लिम्बू
७. सञ्चमान ज्यो ज्यो — कृष्ण सुब्बा
मूल्याङ्कन समितिको सर्वसम्मत निर्णयका आधारमा श्री कृष्ण सुब्बालाई मुना स्मृति कथा पुरस्कार–२०२५ प्रदान गर्ने निर्णय गरिएको छ।उक्त पुरस्कार आगामी नोभेम्बर ८, २०२५ मा आयोजना हुने साहित्य परिषद्, ह्यारिसवर्ग सम्मेलन–२०२५ को विशेष समारोहमा स्रष्टा सुब्बालाई कदर–पत्र तथा नगद पुरस्कार सहित सम्मान गरिनेछ।
सचिव
खेम रिजाल
साहित्य परिषद्,भूटान
मितिः २०२५ अक्टोबर २९
