मान्छे र माछा
सुदर्शन पोखरेल
डेनमार्क
ठुला मान्छे र ठुला माछा
जहाँ पनि बच्ने
तर साना मान्छे र साना माछा
हो जालमा पर्ने
फरक छ बस्ने ठाउँ
पिडा एउटै
ठुलाबाट कसरी बच्ने
माछालाई उड्ने पन्छीले
र मान्छेले
हरेकको सिकार हुनु पर्ने
गडेउँला जालमा
राखी दिऊँ
खान झुमिन्छन्
साना मान्छे जस्तै
अनि उसको सिकार
भान्सामा मिष्ठान भोजन
भएर
लोभले सकिन्छन् , सकिन्छौ
अरूलाई धनी बनाउँछौ
पुतली बत्तिएको नजिक
उज्यालोले
अझ नजिक न्यानोले
अनि बत्तीमै
इहलीला
ब्रम्हालिन
भएझैँ
देश बाहिरको उज्यालो
बल्छीको चारो झैँ
लोभ्याउन
हामी त्यो जालमा
निस्कन नसक्ने गरी
पर्दाको पिडा
ठुला परे पनि उम्किन्छन्
तर हामी भुरा माछा झैँ
छटपटिन
लडाई शासक गर्छन्
आफ्नो शक्ति र दम्भ
जोगाउन
जनतालाई बलिबेदीमा
चढाऊ
अनि आफ्नो टाउको
जोगाऊ
त्यसैले मान्छे र माछा उस्तै
लाग्छ
चोला माथि पाएका छौ
चेतना माथि उठाऊ
बस्