नौलो ठाउँमा पाइला

सुदर्शन पोखरेल
डेनमार्क

एउटा कष्टकर जीवनदेखि
फुत्किए म आज
जब नयाँ धरामा
मेरो पाइला उभियो
जीवन हराभरा बनाउने
कल्पनामा थिए
नौलो ठाउँमा नौलो आशा
अनि मेरो पहिलो पाइला
डेनमार्कमा
सिमसिमे झरीदेखि
पानीले बगेको हिउँ
जहाँ म नराम्ररी चिप्लिएँ
कालो भएको हिउँले
कालै सडकमा
अघिको परिवेश भन्दा बेग्लै अनुभूति
हाँसो सहितको मिठो बोली
दिव्य अनुभूति
तर सशङ्कित पनि
कतै यो हाँसो भित्र ?
म सोचिरहे
शाकाहारीको परिभाषा
चिकेन, माछा , र अण्डा पनि
पर्छ
भनेपछि
जब मेरो कानमा परेपछि
अर्को अचम्म
मेरो लागि
किनकि म त पूर्ण शाकाहारी
मेरो परिवेशमा
न थियो कतै
यिनको जस्तो
जङ्गल भित्र एउटा कुटी जस्तो
घर
सुनसान
त्यसपछिको
हिउँको वर्षा
कपास जस्तो झर्दा
भुईँमा सेताम्मे
अनि कठिनाइ
न मेरो कल्पनामा थियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *