फ्रन्टयाड

रुपेश DGNA
क्यानडा
हावा  हुण्डरीले  विक्षिप्त एउटा ठुलो रुखलाई गीत सुनाउन गएको थिएँ !
एउटा कविता सुनाएर भन्यो जाऊ तिम्रो घर ढलिसक्यो।
किन मेरो हजुरबा जहिलै मेरो घरको चिन्ता गर्नु हुन्छ ?
भुटानका रुखहरूमा कत्रो दया छ, कत्रो प्रेम छ है !
हृदय कति विशाल र मन कति लचिलो छ है !
म चैँ किन रोपिरहेछु विदेशी जस्तो देखिने ठुट्टे अस्तित्व फ्रन्टयाडमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *