रुन्चे हाँसो
जनार्दन दाहाल
अर्जुनधारा, झापा
अमुक पार्टीले
देशका निम्ति,
जनताका निम्ति
केही गरेकै छैन- थाहा छ
तर पनि झोला बोक्नेहरू
तिनकै समर्थनमा
रुन्चे हाँसो हाँसिरहेछन् ।
अमुक नेता
चुनाव जितेपछि
गाउँ पसेकै छैन- थाहा छ
एक दिन टुप्लुक्क आउँछ
तर पनि झोला बोक्नेहरू
पाउमै परेर
रुन्चे हाँसो हाँसिरहेछन् ।