गजलकार नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा मचाइदियो हल्लिखल्ली तिम्रो पछेउरीले चर्चा पायो गल्लिगल्ली तिम्रो पछेउरीले बतास लान्छ सिमल फुल मौरी लान्छ रस मेरो मन लाग्यो डल्ली तिम्रो पछेउरीले शहर रङ्ग्यो रङगीचङगी बत्तिहरूले गाउँ भयो झल्लिमल्ली तिम्रो पछेउरीले यस्ले तान्छ उस्ले तान्छ तान्नेहरूलाई बनाउछ कि लौ बिचल्ली तिम्रो पछेउरीले