गजल-१४७

योद्धाको गोलीबाट वैरीको मुटु चर्किएको कुरा सुन
छोरो आँसु बगाई माटो माग्दै झर्किएको कुरा सुन

सामन्तीको पिंजडामा पखेटा काटी कुँजिइदा
अग्नि रुप धरी सब जलाई फर्किएको कुरा सुन

हँसिया-हथौडा लिई हाँस्दै रणमा नाँचेको देख्दा
शासक जीवन बचाउन तर्किएको कुरा सुन

काम हुन्जेल भाँडो काम सकेपछि ठाँडो गर्नेहरुको
“संधर्ष”मा छाला काटी नुन छर्किएकको कुरा सुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *