गजल-१५२

यो मनसँग मिल्ने त्यो मन पाएँ
त्यही मनको मायाले नयाँ जीवन पाएँ

जून झै खुल्ने तिम्रो त्यो मुहार
त्यही लजाउने मुहार खुल्ला बन्धन पाएँ

मह झै मिठो तिम्रो त्यो बोली
त्यही बोलीमा मैले आफ्नो पन पाएँ

जब तिमी आयौ जीवन खुल्न थाल्यो
आफुमा आफै हराउँदा हेर्ने नयन पाएँ

यत्ती मिठो माया दियौ बाँच्न पाएँ
त्यही मायाले आफैमा नौलो परिवर्तन पाएँ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *