गजल:१७९

नारायण ढुंगाना हेलिफ्याक्स क्यानाडा अगेनामा दाउरा झोसी मकै पोल्ने रहर जाग्यो आज मेरि आमालाई माटो घोल्ने रहर जाग्यो पल्लाघरे कर्केनी त्यी काईली दिदीलाई लीई गुरुङ मा’को दोकानमा सुर्ती

मोल्ने रहर जाग्यो मानो मुठी भए पनि मिलिजुली पालो कुरी हुरी खेल्ने गाऊलेसँग भन्छिन बोल्ने रहर जाग्यो ओल्लो घरमा पल्लो घरमा के के गरे छिमेकीले झिस्मिसेमा पधेरिमा पोल खोल्ने रहर जाग्यो      

Leave a Reply

Your email address will not be published. Required fields are marked *