गजल: २००

रुँदारुँदै घाँटी सुक्दा बोल्न गाह्रो भो
गुम्सिएका भित्री कुरा खोल्न गाह्रो

जानी जानी निष्ठुरी जालमा फसे पछी
फाटेको यो मनलाई फेरि टाल्न गाह्रो भो

रित्याउनलाई चोटहरु पिउँदैछु म तर
त्यही तस्वीर मनबाट फाल्न गाह्रो भो

घाइते भयो मनमुटु चोट लागे पछि
बल्झिएको घाउमा मलम हाल्न गाह्रो भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *