गजल-२६८

ओहियो, अमेरिका

अब्राहम लिङ्कन रिमाल भए, देश बन्ने थियो पक्कै
बाराक ओबामा रिजाल भए, देश बन्ने थियो पक्कै

कुत्ता जस्तै भौ भौ भुक्ने, प्रचन्डको सट्टा त्यहाँ
गांन्धी बापु दाहाल भए, देश बन्ने थियो पक्कै

लेनिनबादको अर्थ ढाट्ने, भुसतिघ्रे माधवभन्दा
व्लाडिमिर आफैँ नेपाल भए, देश बन्ने थियो पक्कै

आफ्नू स्वर्थ बिर्सिएर, देशका लागि सड्न सक्ने
मन्डेला नि पौड्याल भए, देश बन्ने थियो पक्कै

गीत, सङ्गीत र चलचित्र, देशको एउटा सान बुझी
टोम क्रुश झैँ हमाल भए, देश बन्ने थियो पक्कै

Leave a Reply

Your email address will not be published. Required fields are marked *