गजल-२९३

चिसो पवन बिहानीको…थोरै छोएर हेरेँ
जल्या छाती बहलाउँन…थोरै रोएर हेरेँ।

आकाश धर्ती ठम्याउन जब कठिन पर्‍यो
मुर्झेका नयन आँसुले…थोरै धोएर हेरेँ।

रातसंगै प्यास बढेर जाँदा एक्लो रातमा
जलन मेट्न आफ्नै मुटु थोरै दोएर हेरेँ।

जब जिउँन यहाँ मुस्किल मुटु धुजा हुँदा
काँडामाथि पाइला राखी थोरै सोएर हेरेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *