गजल-३६८

रिमेन आलोक
अल्बरी, अस्ट्रेलिया

देखेको   छैन   कस्तो  छ मुहारसम्म
भगाउनु  छ   आउँदो   शनिवारसम्म।।

देश सम्झेरै मर्‍यो  विदेशमा   नेपाली
यस्तै  खबर  सुनाइदिनु सरकारसम्म।।

इन्काउन्टरमा  गुन्डा   नाइके  मर्‍यो
देखियो जुलुस गाउँ, घर, बजारसम्म ।।

अपहरणपछि  काटिएको हो छिमेकी
हात, खुट्टा हुँदै  पुरै  जीउ, निधारसम्म ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *