गजल-४४०
मेरो घर म आफै ठम्याउँछु, बुढो धुरी देखेर
बिदाको सट्टा इलम थपिदियो मजदुरी देखेर।।
के सल्लाह गर्छन् दिनहुँ एक जुट भएर
मानिसले पनि यही सिकोस् माहुरी देखेर।।
तिम्रा यादहरू कहाँबाट आउँछ कहाँबाट
अचम्म लाग्छ नङसँग मासुको दुरी देखेर।।
आज साथी चिन्नु छ, दुस्मन चिन्नु छ
को आउँछन् नजिक यो खुकुरी देखेर।।

