गजल – ४६९

साँझ बिहान भेट हुने, चौतारी नै काफी  थियो
प्रत्येक दिन हामी रुने, चौतारी नै काफी थियो ।

सधैँ लुकी भेट्ने गर्थेउ, डाँडा  पाखा पँधेरीमा
गाजल र परेली धुने, चौतारी नै काफी  थियो ।

दिन-भरी घाँस दाउरा, सम्झी मनमा चोखो माया
रातो-लाली ओठ छुने, चौतारी नै  काफी थियो ।

कोकिल कण्ठ स्वर तिम्रो, अझै  सुन्दर रूप नि
मीठो धुन कानले सुन्ने, चौतारी नै काफी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *