गजल ५५८

एस.बि खवत “सुरेश”
ओहायो, अमेरिका
पसिना बेचेर परिवारको लागि खुसी किनेको छु।
लाखौँ लाख तुच्छ गाली  अमृत झैँ निलेको छु।
जिन्दगीका सपना डायरीको पानामा थाती राखेर,
एउटा सानो जागिरको लागि हजारौँ सँग भिडेको छु।
उस्तै मानिसको अगाडि मानिस सरह नगनिए पछि,
भिजेको बिरालो झैँ सिर झुकाएर घर फिरेको छु।
थुइक्क मेरो भाग्य पनि भावीले कस्तो लेखेछ कठै!
आफ्नै गालामा आफ्नै हातले पट्याङ पिटेको छु॥

3 Replies to “गजल ५५८”

Leave a Reply

Your email address will not be published. Required fields are marked *